सोमबार, भदौ ८, २०८३

दुई महिलाले क्वारेन्टाइनमै जन्माए बच्चा

डोटीमा क्वारेन्टाइन बसेकी दुई महिलाले बच्चा जन्माएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले बच्चा जन्माएका हुन्।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

डोटी - डोटीमा क्वारेन्टाइन बसेकी दुई महिलाले बच्चा जन्माएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले बच्चा जन्माएका हुन्।

दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी स्थानीय गीता आउजीले बच्चा जन्माएकी हुन्। उनी पतिसँगै जेठ १२ गते भारतबाट फर्किएपछि क्वारेन्टाइनमा बसेकी थिइन्।

वडाध्यक्ष राजेन्द्र खड्काका अनुसार २१ वर्षीय सुत्केरी गीताले राति दुई बजे छोरा जन्माएकी हुन्। उनी बसेको क्वारेन्टाइनमा ७४ जना छन्। खड्काले बच्चा र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मी पठाइएको जानकारी दिए।

यस्तै शिखर नगरपालिका–३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले पनि छोरालाई जन्म दिएकी छिन्। मुम्बईबाट जेठ १५ गते पतिसँगै गाउँ फर्किएकी सार्कीले बिहीबार बिहान छोरालाई जन्म दिएकी शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरीष शाहले जानकारी दिए।

दुवै महिलाले स्वास्थ्यकर्मीको सहयोगविना बच्चा जन्माएका हुन्।

प्रकाशित: Jun 04, 2020| 16:30 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।