काठमाडौं – मोटरसाइकलको ट्यांकीमा लुकाएर राखेको अवस्थामा पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिकाका २५ वर्षीय प्रकाश साह रहेका छन्।
बिहीबार बिहान साढे नौं बजे छिपहरमाई गाउँपालिका ४ मा बिओपी भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ना ४३ प २८०२ को नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ट्यांकीमा लुकाइ राखेको २२ लाख ४८ हजार रूपैयाँ फेला पारेको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी प्रविनकुमार श्रेष्ठले जानकारी दिए।