सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशबाट फर्कनेलाई नेपाल टेलिकमको सिमकार्ड निःशुल्क

विदेशबाट फर्कनेलाई नेपाल टेलिकमको सिमकार्ड निःशुल्क

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ।

सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने छ ।

यस प्रयोजनका लागि कम्पनीले तत्काल १ लाख सिमकार्डको व्यवस्था गरिसकेको जनाएको छ । यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ ।

स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उनीहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने छ ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा नेपाल टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने छ ।

प्रकाशित: Jun 04, 2020| 17:29 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।