कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भएकाे छ। सुर्खेत, दैलेख र कालिकोटका गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ ।
अर्घाखाँचीको एक क्वारेन्टिनमा पुरुषले आत्महत्या गरेका छन्। शितगंगा नगरपालिका–५ स्थित क्वारेन्टिन रहेका स्थानीय ४५ वर्षीय देवबहादुर बिकले मंगलबार राति आत्महत्या गरेका हुन्।
लकडाउनका कारण सैलुन बन्द भएपछि नाइ श्रमिकहरु परिवारको खर्च जुटाउन समस्या परेको बताउँछन्। अब पनि व्यवसाय सञ्चालन नभए गुजारा गर्न नसकिने उनीहरुको भनाइ छ।