सोमबार, भदौ ८, २०८३

'अब फिताबाट होइन, यन्त्रबाट जमिन नापिनेछ'

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले जमिनको नापनक्सा गर्ने प्रविधिको विकास गरिएको बताएकी छन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले जमिनको नापनक्सा गर्ने प्रविधिको विकास गरिएको बताएकी छन्।

मन्त्रालयको विनियोजन शीर्षकमाथि राष्ट्रियसभाका सांसदले उठाएका प्रश्नको बुधबार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले अब फिता होइन, यन्त्रबाट जमिनको नापनक्सा गरिने बताइन्।

विगतको त्रुटिपूर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेकाले यो प्रविधि विकास गरिएको उनको भनाइ थियो।

“विगतमा फिताबाट नापनक्सा गर्दा कमजोरी भयो। त्यसैले अब यन्त्रबाट नापनक्सा गर्न हामी अगाडि बढेका छौं,” मन्त्री अर्यालले भनिन्, “देशभर आधुनिक डिजिटल प्रणालीबाट पुनः नापजाँच भइरहेको छ। यो सबै ठाउँमा गर्न जरुरी पनि छ।”

नेपालमा नापनक्सा क्षेत्रको अत्याधुनिक प्रविधि ‘लाइडर प्रविधि’ यसै आर्थिक वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको भन्दै उनले त्यसबाट पृथ्वीको धरातलीय स्वरुपको नापजाँच भइरहेको बताइन्। सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण गरिएको उनको भनाइ छ।

प्रकाशित: Jun 17, 2020| 16:10 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।