बिहीबार, जेठ २१, २०८३

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, १५२ डिस्चार्ज

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भएकाे छ। सुर्खेत, दैलेख र कालिकोटका गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  बुधबार, असार ३, २०७७

देव राना

देव राना

बुधबार, असार ३, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भएकाे छ। सुर्खेत, दैलेख र कालिकोटका गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

National life

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार थपिएका संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका-५ का एक, लेकबेसी नगरपालिका-३ का एक, दैलेखको भैरवी गाउँपालिका- ७ का एक र भगवतीमाइ गाउँपालिका-७ का एक जना छन्।

त्यस्तै सान्नीत्रिवेणी गाउँपालिका-२ का ७, वडा नं. ३ का ६ र वडा नं ५ मा एक जना संक्रमित रहेकाे मन्त्रालयले जनाएको छ।

दैलेख र सुर्खेतका प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कालिकोटका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षणले संक्रमण पुष्टि भएकाे हो। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय चार पुगेको छ ।

त्यस्तै आज दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट १ सय ६ जना, नारायण क्याम्पस, जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट ३ जना गरी कुल १ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ सय ९४ पुगेको छ। यद्यपि कर्णालीमा ३ जनाको भने कोरोनाका कारण मृत्यु भइसकेको छ।

Shivam cement

प्रकाशित: Jun 17, 2020| 16:00 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।