सोमबार, भदौ ८, २०८३

पर्वतको पहिरोमा बेपत्ता सबैको शव भेटियो

पर्वतको कुश्न नगरपालिकास्थित दुर्लुङको पहिरोमा बेपत्ता भएका जेनिष विश्वकर्माको शव भेटिएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

पर्वतको कुश्मा नगरपालिकास्थित दुर्लुङको पहिरोमा बेपत्ता भएका जेनिष विश्वकर्माको शव भेटिएको छ।

जेठ ३१ गतेको पहिरोमा पुरिएका जेनिसको ५ दिनपछि शव भेटिएको हो। उनको शव भेटिएसँगै पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ।

पहिरोले ढकालबारीका तुलबहादुर थापा र कमला विकको परिवार बगाएको थियो। थापाको ६ जना र विकको ४ जनाको परिवार थियो। थापा परिवारका ६ जनाको शव यसअघि नै फेला परेको थियो भने बिक परिवारका बालक जेनिषको शव हिजो भेटिएको हो।

बेपत्ता सबैको शव फेला परेपछि उद्धारको काम सकिएको र राहत वितरणको काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित: Jun 17, 2020| 09:48 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।