सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साढे ८ लाख घुससहित डिल्लीबजार मालपोतका ६ कर्मचारी पक्राउ

साढे ८ लाख घुससहित डिल्लीबजार मालपोतका ६ कर्मचारी पक्राउ

जग्गाको कित्ताकाट गरिदिएबापत सेवाग्राहीबाट लिएको साढे आठ लाख घुससहित डिल्लीबजार मालपोत कार्यालयका ६ कर्मचारी रंगेहात पक्राउ परेका छन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- जग्गाको कित्ताकाट गरिदिएबापत सेवाग्राहीबाट लिएको साढे आठ लाख घुससहित डिल्लीबजार मालपोत कार्यालयका ६ कर्मचारी रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत रघुवंश कँडेलसहित ६ जना कर्मचारीलाई मंगबार राति पक्राउ गरेको हो।

टोखा नगरपालिकाका–९, सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेसअगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको आयोगले जानकारी दिएको छ।

पक्राउ पर्नेमा नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाल छन्।

उनीहरुबारे थप अनुसन्धान भइरहेको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

 

प्रकाशित: Jun 17, 2020| 12:20 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।