सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष गुरुङले ११ करोडमा त्रिवि शिक्षण अस्पतालमा भवन बनाइदिने

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष गुरुङले ११ करोडमा त्रिवि शिक्षण अस्पतालमा भवन बनाइदिने

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन्। भवनको शिलान्यास बुधबार भएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन्। भवनको शिलान्यास बुधबार भएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् । भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ ।

भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशक गुरुङ र उनका भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् ।

अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

बेसमेन्टसहित पाँच तलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ ।

गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।

प्रकाशित: Jun 17, 2020| 12:41 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।