सोमबार, भदौ ८, २०८३

आरडीटी पोजेटिभ, पीसीआर रिपोर्ट नआउँदै आत्महत्या

अर्घाखाँचीको एक क्वारेन्टिनमा पुरुषले आत्महत्या गरेका छन्। शितगंगा नगरपालिका–५ स्थित क्वारेन्टिन रहेका स्थानीय ४५ वर्षीय देवबहादुर बिकले मंगलबार राति आत्महत्या गरेका हुन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- अर्घाखाँचीको क्वारेन्टिनमा एक जनाले आत्महत्या गरेका छन्। शीतगंगा नगरपालिका–५ स्थित क्वारेन्टिन रहेका स्थानीय ४५ वर्षीय देवबहादुर विकले मंगलबार राति आत्महत्या गरेका हुन्।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार ती पुरुषको शव क्वारेन्टिन नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ। विद्यालयको कोठामा सँगै बस्ने अन्य दुई जना निदाएपछि ती पुरुष बाहिर निस्किएको प्रमुख जिल्ला अधिकारी पौडलले बताए।

स्थानीयले रुखमा झुन्डिएको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारीले क्वारेन्टिनमा बसेका तीन जनाको आरडीटी पोजेटिभ आएकामध्ये एक जनाले आत्महत्या गरेको बताए।
जेठ २६ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी भैरहवा पठाइएको छ।

‘आरडीटी पोजेटिभ आएका तीन जना एउटै कोठामा सुतेका थिए’, अधिकारीले भने, ‘बिहान ३ बजेतिर आफूसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेका छन्।’

विक गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका थिए। नगरप्रमुख अधिकारीले स्वाब रिपोर्ट चाँडो दिन अस्पतालमा खबर गरिएको बताए। रिपोर्ट आएपछि मात्र शव रुखबाट निकालिने उनको भनाइ छ।

प्रकाशित: Jun 17, 2020| 11:50 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।