बिहीबार, चैत ५, २०८२

नाइको पीडा- दुई छाक टार्न समस्या

लकडाउनका कारण सैलुन बन्द भएपछि नाइ श्रमिकहरु परिवारको खर्च जुटाउन समस्या परेको बताउँछन्। अब पनि व्यवसाय सञ्चालन नभए गुजारा गर्न नसकिने उनीहरुको भनाइ छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

जनकपुरधाम- जनकपुरमा एसीसहितको सुविधा राखेर सैलुन खोल्ने सम्भवतः सुरेश ठाकुर पहिलो नाइ हुन्। सुविधा, सरसफाइ तथा ग्राहकसँग मिल्ने उनको व्यवहारका कारण रामचोकमा रहेको सैलुनमा प्रायः भीडभाड हुन्थ्यो। पाँच जनलाई रोजगारी दिएका उनी बिहान ८ देखि राति ११ बजेसम्म व्यस्त हुन्थे।

National life

पछिल्लो तीन महिनादेखि सुरेश बेरोजगार छन्। ‘लकडाउन’ का कारण चैत ११ गते बन्द भएको सुरेशको सैलुन खुलेको छैन।

‘लगातार तीन महिना सैलुन बन्द भएपछि सडकमा आउने अवस्था भइसकेको छ,’ सुरेश भन्छन्, ‘दैनिक काम गरेर परिवार पाल्नुपर्ने हुन्छ। तर, तीन महिनादेखि कामधन्धा बन्द छ।’

उनी ‘लकडाउन’ खुकुलो भएर पसलहरु सञ्चालन भएजस्तै सैलुन पनि खुला गरिदिए हुने बताउँछन्। तर, सरकारले सैलुन सञ्चालन गर्न नदिएपछि व्यवसाय ठप्प छ।

अब पनि व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण नगरिए परिवार पाल्नका साथै ऋणकर्जा तिर्न नसकिने सुरेश बताउँछन्।

Laxmi sunrise bank
kumari

लकडाउनका कारण सैलुन बन्द भएपछि नाइ श्रमिकहरु परिवारको खर्च जुटाउन समस्या परेको बताउँछन्। अब पनि व्यवसाय सञ्चालन नभए गुजारा गर्न नसकिने उनीहरुको भनाइ छ।

नाइहरुको समस्या समाधान गर्न नेपाल नाइ ट्रेड युनियन अगाडि बढेको छ।

नाइ ट्रेड युनियनले क्षतिपूर्तिसहित सैलुन सञ्चालनको वातावरण बनाइदिन सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ।

‘दैनिक व्यवसाय गरेर बिहान र बेलुका परिवारको गुजारा चलाउने गरेका छौं,’ अध्यक्ष शिवनाथ ठाकुर भन्छन्, ‘लकडाउनका कारण व्यवसाय बन्द भएपछि एकछाक टार्न पनि समस्या भएको छ।’

‘लकडाउन’ अवधिभरको कोठा भाडा र पसल भाडामा छुट, बैंक तथा सहकारी संस्थाबाट लिएको ऋण मिनाहा हुनुपर्ने नाइ ट्र्ेड युनियनले माग गरेको छ।

साथै उनीहरुले सैलुनमा काम गर्ने श्रमिकहरुलाई अनिवार्य रुपमा मास्क, स्यानिटाइजर, पोसाक, पन्जालगायतका सुरक्षा सामग्री उपलब्ध गराइदिनसमेत सरकारलाई ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: Jun 17, 2020| 09:29 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।