राष्ट्रिय चिकित्सक संघले समय सान्दर्भिक रुपमा मेडिकल उच्च शिक्षाको छात्रवृत्तिको कोटा निर्धारण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
संघले विज्ञप्ति जारी गर्दै प्रस्तावित चिकित्सा शिक्षा नियमावली २०७७ मा उल्लेख गरिेने मेडिकल उच्चशिक्षा (एमडि/एमएस/एमडिएस/डिएम/एमसीएच)को छात्रवृतिमा सरकारी, गैरसरकारी, विदेशी कोटा न्यायोचित तरिकाले निर्धारण गर्न अनुरोध गरेको हो ।
हाल मुलुकमा मेडिकल स्नातक उत्तिर्ण चिकित्सकको संख्या उल्लेख्य भएको तर स्नातकोत्तरको संख्या न्यून भएकाले विशेषज्ञको अभाव खड्किएको भन्दै सो को सख्या बढाउन पनि संघले अपिल गरेको छ ।