सोमबार, भदौ ८, २०८३

५४ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ५४ हजार ५ सयभन्दा धेरैको अवस्था गम्भीर बनेको छ ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ५४ हजार ५ सयभन्दा धेरैको अवस्था गम्भीर बनेको छ ।

८१ लाख ५५ हजारभन्दा बढि संक्रमित भएकोमा हाल ३५ लाख उपचाररत रहेका छन् । त्यसमध्ये ५४ हजार ५ सयभन्दा धेरैको अवस्था गम्भीर रहकेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

गम्भीर अवस्थामा उपचार रहेकाहरु सबैभन्दा बढि अमेरिकामा रहेका छन् । जहाँ १६ हजार ६ सय ९५ जनाको अवस्था जटिल छ । यस्तै भारतमा ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

त्यस्तै ब्राजिलमा ८ हजार ३ सय १८, इरानमा २ हजार ८ सय १५, रुसमा २ हजार ३ सय, क्यानडामा १ हजार ९ सय ७१, साउदी अरबमा १ हजार ८ सय ९७, चिलीमा १ हजार ७ सय २७, पेरुमा १ हजार १ सय २१ जनाको अवस्था गम्भीर रहेको वर्डओमिटरमा उल्लेख छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ८१ लाख ५५ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् भने ४ लाख ४१ हजार ५ सय ५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमित भएकामध्ये ३९ लाख ५५ हजार १ सय ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित: Jun 17, 2020| 10:46 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।