सुर्खेतमा पनि सलह आइपुगेको छ। लेकवेसी नगरपालिका–३, दशरथपुरका केही क्षेत्रमा सलहको सानो झुण्ड देखिएको कृषि अनुसन्धान केन्द्र, दशरथपुरका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए।
खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा कार्यरत सिनियर डिभिजन इन्जिनियर राज कुमार शाक्यले पौने ११ करोढभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।
बैठकले कोरोना भाइरसको प्रकोप बढिरहेका बेला सरकारलाई सजग बनाउन, अनियमितता हुन नदिन तथा संविधानका भावनाविपरीत आइरहेका विधेयक रोक्न रणनीतिसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्ने एक नेताले बताए।
प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटनामा परेको छ ।