नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ। पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न बैठक बस्न लागेको हो।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति हेरफेर नगरी तल्लो तहको अधिवेशनको मिति परिमार्जन गर्ने बताइएको छ।
अस्ति आइतबार बसेको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर तल्लो तहका अधिवेशनको मितिमात्र परिमार्जन गर्ने निर्णय गरेको थियो।
गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेकाठमाडौंमा गर्ने निर्णय गरेको थियो।
