मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले भोकै मार्न खोजेको भन्दै ट्याक्सी चालक आन्दोलनमा

सरकारले भोकै मार्न खोजेको भन्दै ट्याक्सी चालक आन्दोलनमा

लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् ।

सरकारले काम गर्न नदिएर भोक भोकै मार्न खोजेको भन्दै मंगलबार बिहान ट्याक्सी चालकहरुले नयाँबानेश्वर-तीनकुने सडकमा प्रदर्शन गरेका छन् । सडक किनारमा ट्याक्सी पार्क गरेर उनीहरु प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका ट्याक्सी व्यवसायीले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् ।

प्रदर्शन स्थलमा चार दर्जन बढि प्रहरी र ट्राफिक प्रहरीहरु खटिएका छन् ।

चैत ११ गतेबाट लकडाउन सुरु भएदेखि ट्याक्सी व्यवसायीले ट्याक्सी चलाउन पाएका छैनन् । 'यतिका समय घरमै ट्याक्सी थन्क्याएर राखियो अब त सरकारले चल्न देला की भन्ने लागेको थियो, फेरि लकडाउन थपरे हाम्रो पेटमा लात हानिएको छ ।' प्रदर्शनमा सहभागी एक ट्याक्सी चालकले भने ।

सरकारले सोमबार साउन ७ गतेसम्म लकडाउन थप गर्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ ।

प्रकाशित: Jun 30, 2020| 07:35 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।