मंगलबार, भदौ ९, २०८३

पोखराका ७ सहित गण्डकीमा थपिए १७ कोरोना संक्रमित

गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

पाेखरा- गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा मगंलबार विहान थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु कास्कीको पोखराका ७ जना, मादीका एक जना, तनहुँका ५ जना , लमजुङमा ३ जना र स्याङजाका एक जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

मंगलबा बिहान थप १७ कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९६६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनको संक्रमण निको हुनेको संख्या २१४ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 30, 2020| 07:06 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।