मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'भोक र ऋणले छटपटिएपछि' ट्याक्सी चालक आन्दोलित (फोटो फिचर)

'भोक र ऋणले छटपटिएपछि' ट्याक्सी चालक आन्दोलित (फोटो फिचर)

भोक खप्न नसकेपछि र बैंक तथा घरभेटीको दबाब सहन नसकेपछि बाध्य भएर सडकमा उत्रिएको ट्याक्सी व्यवसायी र चालकहरुको भनाई छ ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- सरकारले पुनः लकडाउन थप गरेर आफूहरुको पेटमा लात हानेको भन्दै ट्याक्सी व्यवसायी र चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

तीन महिनादेखि ट्याक्सी थन्क्याएर बसेका उनीहरु अब गुजारा नै चलाउन नसक्ने अवस्था बनेको भन्दै मंगलबार सडकमा उत्रिएका हुन् । उनीहरुले यातायात व्यवस्था विभागलाई केन्द्र बनाएर बानेश्वरदेखि तीन कुनेसम्म प्लेकार्डसहित आन्दोलन गरिराखेका छन् ।

प्रदर्शनमा उत्रिएका ट्याक्सी व्यवसायीले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् ।

भोक खप्न नसकेपछि र बैंक तथा घरभेटीको दबाब सहन नसकेपछि बाध्य भएर सडकमा उत्रिएको उनीहरुको भनाई छ । आफूहरुको माग सम्बोधन नगरिए सडकमै अनसन बस्ने र सुत्ने चेतावनी दिएका छन् ।

सरकारले सोमबार साउन ७ गतेसम्म लकडाउन थप गर्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ ।

प्रकाशित: Jun 30, 2020| 09:55 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।