तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको छ। प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने परम्परा छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष दसैंको टीका लगाएनन् । बुवा मोहनप्रसाद ओली झापास्थित घरमा रहेकाले प्रधानमन्त्री ओलीले यो वर्षको दसैंको टीका नलगाएका हुन् ।
हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ। नाम्खा १ मा रहेका २४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्क सहयोग गरिएको हो।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएको बताएका छन्।
धनगढी- कञ्चनपुरमा लागु औषध चरेशसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका १० स्थित टापर भन्ने स्थानबाट १ ग्राम ६६० मिलिग्राम लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरिएको...