सोमबार, भदौ १५, २०८३

मन्दिर निषेधित क्षेत्र,  शक्तिपीठमा दिइएन पशु बलि

 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

डोटी- जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा  विजयादशीका दिन पशुबलि नदिएका कारण सुनसान देखिएको छ। 

गत वर्षमा दसैंका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा यसपटक आवतजावत शून्यप्रायः छ । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले कोरोना जोखिमका कारण त्यस्ता मन्दिरमा निषेधित क्षेत्र घोषणा गरिएको बताए।

यहाँका प्रसिद्ध शक्तिपीठ  शैलेश्वरीमा रहेको चण्डिका, तिखामा रहेको कालढुंगा, दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा हजारौंको सङ्ख्यामा पशु बलि दिइने भएपनि यो वर्ष कुनै चहलपहल नभएको स्थानीयवासी बताउँछन्।

शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रामबहादुर बोगटीले प्रशासनले मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेपछि अहिले सुनसान अवस्था देखिएको बताए।

दिपायल पिपल्लाका स्थानीयवासी कैलाश विकले पशु बलि रोकिएपछि भीड पनि घटेको बताए।- रासस
 

प्रकाशित: Oct 26, 2020| 14:20 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।