सोमबार, भदौ १५, २०८३

आज १७ सय ४१ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ।

जम्मा ५ हजार ६ जनामा गरिएको परीक्षणमा १७ सय ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

यस्तै काठमाडौं उपत्यकाका ३ वटा जिल्लामा ८९४ जनामा कोरोना पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये ३८० महिला र ५१५ पुरुष रहेका छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ जना संक्रमित निको भएर घर फर्किएका छन्।

यस्तै आज थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८६२ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २९३ छ भने २ हजार ९६९ जना विभिन्न क्वारेन्टिनमा बसिरहेका छन्।

प्रकाशित: Oct 26, 2020| 12:35 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।