सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपप्रधानमन्त्री भन्छन्- रअ प्रमुखसँग प्रधानमन्त्रीले गोप्य भेट गरेको हैन, टिपोट परराष्ट्रमा सुरक्षित छ

उपप्रधानमन्त्री भन्छन्- रअ प्रमुखसँग प्रधानमन्त्रीले गोप्य भेट गरेको हैन, टिपोट परराष्ट्रमा सुरक्षित छ

उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएको बताएका छन्। 
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएको बताएका छन्। 

कूटनीतिक मर्यादा विपरीत गोप्य रुपमा रअका प्रमुख आएर प्रधानमन्त्रीसँग भेटवार्ता गरेको भनेर आलोचना भइरहेका बेला नेता पोखरेलले प्रधानमन्त्रीसँग रअका प्रमुखको भेट प्रायोजित कुप्रचार भएको बताएका हुन्। 

प्रधानमन्त्री ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गरेका थिए भन्ने कुरा प्रम ओलीसँग रहेका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका र टिपोट गरेका उनको भनाइ छ। उनले परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित रहेको बताएका छन्। 

भेट वार्ता विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसँग गाँसिएका विषयमा केन्द्रित रहेको र छलफलका क्रममा नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको तथा समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।

'वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो। रअका प्रमुख गोयलका तर्फबाट नेपालका प्रधानमन्त्रीको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो। नेपाल भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगेको छ,' पोखरेलले भनेका छन्।

पोखरेलले फेसबुकमा लेखेका छन्, 'प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासुसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुर्याइएको आदि भनेर आरोप लगाउने कोशिस भइरहेको छ। अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिँदैछ । दुर्भाग्य कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिँदैछन्।' 

प्रकाशित: Oct 26, 2020| 03:26 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।