सोमबार, भदौ १५, २०८३

भक्तपुरमा नवदुर्गाको तान्त्रिक नृत्य सुरु

तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको छ। प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने परम्परा छ।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको छ। प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने परम्परा छ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेर घंघला सिं ल ल्हायगु (घुँघरु) हस्तान्तरण गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु भएको मानिन्छ ।

वनमालालाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी दुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं, तः र कार्य तथा घलाहरु नास द्यः (नृत्यनाथ) का अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी कर्माचार्यले बताए।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घः घला प्राप्ति गरेका वनमालाले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन छ ।
 

प्रकाशित: Oct 27, 2020| 01:33 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।