सोमबार, भदौ १५, २०८३

हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड 

हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ। नाम्खा १ मा रहेका २४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्क सहयोग गरिएको हो। 
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

हुम्ला- हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ। नाम्खा १ मा रहेका २४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्क सहयोग गरिएको हो। 

हुम्लाका दूरजराजमा रहेका युवती तथा महिला  महिनावारीको समयमा गाउँघरकै परम्पराअनुसार प्याड, कपडा कुनै पनि साधन प्रयोग नगर्ने भएका कारण उनीहरुको बानी बसाल्न काठमाडौंमा रहेको माउण्टेन चिल्ड्रेन संस्थाले निःशुल्क सहयोग गरेको वडाध्यक्ष प्रेम लामाले जानकारी दिए।  

विद्यालयमा अध्ययनरत केही छात्रा र सदरमुकाम सिमकोट बाहेक अन्य ग्रामीण बस्तीमा रहेका हुम्लाका महिलाले सेनिटरी प्याडको कमै मात्र प्रयोग गर्ने गरेको पाइएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताइन्। 

यस्तै २४० घरधुरी रहेको वडा नं १ को धिगाँ र गाडापारी गाउँमा प्रति घरधुरीलाई सरसफाइका सामग्री सहयोग गरिएको छ। सोही संस्थाले वडा कार्यालयको समन्वयमा वडा नं १ का  प्रतिघरलाई एक बाल्टिन र एक पानी फिल्टर सहयोग गरेको वडाध्यक्षले लामाले बताए। 

प्रकाशित: Oct 26, 2020| 03:57 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।