धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ७३० पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ८६७, डोटीमा १५६, कञ्चनपुरमा १२७, बझाङमा १६५, अछाममा ८१, बैतडीमा ४१, डडेल्धुरामा ८०, दार्चुलामा १८८, बाजुरामा ६ र प्रदेश बाहिरका जिल्लामा १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।
सुदूरपश्चिमबाट हालसम्म ७ हजार ५३५ जना निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा कैलालीबाट ४, कञ्चनपुरबाट ४ र डडेल्धुराबाट १ जना डिस्चार्ज भएका छन्।
प्रदेशमा हालसम्म संक्रमितको संख्या ९ हजार २८६ पुगेको छ। प्रदेशमा २१ कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ।