सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले लगाइदिए दसैंको टीका

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले लगाइदिए दसैंको टीका

बाँकेको भेरी अस्पतालमा आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितले दसैंको टीका ग्रहण गरेका छन्।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

नेपालगंज- बाँकेको भेरी अस्पतालमा आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितले दसैंको टीका ग्रहण गरेका छन्।

उनीहरुको उपचार र हेरचाहमा खटिएका स्वास्थ्यकर्मीले नै संक्रमितहरुलाई दसैंको टीका लगाइदिएका हुन्।

भेरी विशेष कोराना अस्पतालका स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई टीका लगाएर शुभकामना दिँदै दसैं मनाएको अस्पतालले जनाएको छ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले सबै संक्रमितलाई टीका लगाएर प्रसाद वितरण गरी दसैं मनाएको बताए।

संक्रमित भएर त्यहाँ उपचार गराइरहेका भेरी अस्पतालका बायोमेडिकल टेक्निसियन नविन चन्द ठकुरीले संक्रमितको उपचार सेवामा दिनरात खटिएका कोभिड इन्चार्ज सम्झना मण्डल, स्टाफ नर्सहरु यम कुमारी थापा, कमला नेपाली र देवा जिसीले सबै संक्रमितलाई टिका लगाएको बताए।

हाल भेरी विशेष कोराना अस्पतालमा ८ जना स्टाफसहित ४५ जना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

उपचाररत संक्रमितको मनोबल उच्च पार्न आफूहरुले उपचार सेवा लगायत सबै प्रकारका गतिविधि पनि निरन्तर गरिरहेको कोभिड इन्चार्ज सम्झना मण्डलले बताए।

बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९९० पुगेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ।

अझै पनि ३३८ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत भर्ना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

प्रकाशित: Oct 26, 2020| 11:20 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।