काठमाडौं- पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंका ५, भक्तपुर, ललितपुर, काभ्रे र चितवनका एक एक जना छन्। योसहित बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यीमध्येकाठमाडौं उपत्यकामा मृत्यु हुनेमा ३१० जना छन् भने ९९ जना अन्य जिल्लाका छन्। काेराेना संक्रमणबाट काठमाडौंमा १९८, भक्तपुरमा ५७ र ललितपुरमा ५५ जनाको मृत्यु भएको छ।
देशभर आज १५ जनाको मृत्यु भएको छ। नेपालमा आजसम्म कोरोना भाइरस संक्रमणबाट ८६२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।
नेपालमा आजसम्म कोरोना भाइरस संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ। यीमध्ये एक लाख १५ हजार ६७५ जना कोरोनामुक्त भएका छन् भने ४३ हजार २९३ जनाको उपचार भइरहेको छ।
बागमती प्रदेशमा कोरोना भाइरसबाट आजसम्म ८२ हजार ५६७ जना संक्रमित भएका छन्। यस्तै ५५ हजार ९६४ जना कोरोनामुक्त भएका छन् भने २६ हजार १९४ जना आइसोलेसनमा छन्।
प्रदेशमा आज मात्र एक हजार ५७ जनामा कोरोना संक्रमण भएको छ।
बागमती प्रदेशमा आजसम्म कति संक्रमित?
काठमाडौं - ५६,९७०
ललितपुर - ८,०७८
भक्तपुर - ५,३६५
रसुवा - ८५
नुवाकोट - ५८३
धादिङ - १,१२८
चितवन- ४,२७४
सिन्धुली- ३६०
मकवानपुर- ३,०७०
रामेछाप- ३४१
दोलखा- २७०
काभ्रे- १,५३२
सिन्धुपाल्चोक- ५११