सोमबार, भदौ १५, २०८३

प्रधानमन्त्रीले दसैंको टीका लगाएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष दसैंको टीका लगाएनन् । बुवा मोहनप्रसाद ओली झापास्थित घरमा रहेकाले प्रधानमन्त्री ओलीले यो वर्षको दसैंको टीका नलगाएका हुन् ।
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष दसैंको टीका लगाएनन् । बुवा मोहनप्रसाद ओली झापास्थित घरमा रहेकाले प्रधानमन्त्री ओलीले यो वर्षको दसैंको टीका नलगाएका हुन् ।

बुवा झापामै रहेपछि प्रधानमन्त्रीको निधार यो पटक खाली भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । तर प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई भने दसैंको टीका लगाइदिएका छन् ।

‘यसपाली बडादसैंलाई कोभिड–१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै विशेष आग्रह गरेको विदितै छ’, थापाले भनेका छन्, ‘उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दशैं टीका कार्यक्रम नराख्न समेत निर्देशन दिनुभएको अवगत नै छ ।’ प्रधानमन्त्रीको निर्देशन अनुसार अन्य मन्त्रीहरुले पनि दसैंको सार्वजनिक टीका कार्यक्रम राखेनन् ।

राष्ट्रपति, पूर्वराजादेखि उच्च पदस्थले पारिवारिक टीका कार्यक्रम भने गरेका छन् । सरकारले सर्वसाधारणलाई जहाँ बसेको छ, त्यहीँ दसैं मनाउन अपिल गरेको थियो ।

मानिसहरुको आवतजावत बढ्दा कोरोना फैलिने भन्दै सरकारले यस्तो आग्रह गरेको थियो ।

प्रकाशित: Oct 26, 2020| 09:15 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।