भारतमाथिको परनिर्भरता हट्ने र आयात–निर्यात सहज हुने अपेक्षासहित चीनसँग पारवहनसम्बन्धी सम्झौता गरेकाे पाँच वर्षसम्म पनि कार्यान्वयन नहुँदा भारतमाथिको परनिर्भरता झन् बढ्दै गएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुससहित औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीलाई बिहीबार नियन्त्रणमा लिएको छ।
मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा जिल्ला अदालत मोरङले बिहीबार एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। एक जना घरौटीमा छुटेका छन्।
‘मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुसी हुन सिक्नुपर्छ। जब म ‘प्लास्टिकको झोला बेच्थें र पाउरोटी बेच्थें त्यतिबेला पनि खुसी थिएँ, अहिले पनि खुसी छु।’
जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पसिसकेको टिप्पणी गरेका छन्।