बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न ध्यानाकर्षण 

पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न ध्यानाकर्षण 

पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकालाई फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे सुझावसहित ज्ञापनपत्र बुझाएको छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

पोखरा- पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकालाई फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापनबारे सुझावसहित ज्ञापनपत्र बुझाएको छ। 

संघका वाणिज्य उपाध्यक्ष तथा फुटपाथ, पार्किङ तथा बजार व्यवस्थापन उपसमितिका संयोजक अर्जुन पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार महानगरका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको हो। 

प्रतिनिधिमण्डलमा संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिव केशवबहादुर खत्री, कार्यसमिति सदस्यहरु शोभा गौतम, देवेन्द्र केसी, मुना बास्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानांग, भरत केसी, पवित्रादेवी गुरुङ, बालकृष्ण कोइराला, यमनाथ तिमिल्सिना र रुपनारायण भुजेलको सहभागिता थियो।

संघले सोही सुझाव तथा ज्ञापनपत्र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई बाधार्थको रुपमा हस्तान्तरण गरेको छ।

ज्ञापनपत्र बुझ्दै पोखरा महामनगरपालिकाका मेयर मानबहादुर जिसीले पार्किङको जिम्मा लिने कम्पनीको कामप्रति महानगर सन्तुष्ट नरहेको बताए। आफूलाई पार्किङ व्यवस्था नै मन नपरेको बताउँदै आउँदो आर्थिक वर्षमा ठेक्का सम्झौता नविकरण गर्ने/नगर्नेबारे निर्णय गरिने बताए। बिदाको दिन, रातको समयमा र तोकिएका ठाउँबाहेक अन्यन्त्र पार्किङ शुल्क लिन नहुनेमा उनले सहमति जनाए। 

उद्योगी/व्यवसायीले पोखरालाई सुन्दर र व्यवस्थित बनाउन दिएको सुझाव स्वागतयोग्य रहेको बताउँदै मेयर जिसीले अध्ययनपछि कार्यान्वन सुरु गरिने आश्वासन दिए।

१८ बुँदै सुझावलाई ज्ञापनपत्रको रुपमा  बुझाउँदै पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघले सर्वसाधारण र व्यवसायीको हितका लागि सुझावहरु दिएको जानकारी गराए। 

संघले बुझाएको सुझावमा सम्झौता नभएका ठाउँमा पार्किङ शुल्क उठाउन तत्काल बन्द गर्नुपर्ने, सडक सवारी साधन गुड्न र फुटपाथ मान्छे हिँड्न मात्र प्रयोग हुनुपर्ने, वैकल्पिक पार्किङको व्यवस्था गरिनुपर्ने र त्यस्तोमा मनासिव शुल्क लिनुपर्ने, अर्को व्यवस्था नभइञ्जेलसम्म सडकमा पार्किङ गर्दा पनि एकातिर गाडी र अर्कोतिर मोटरसाइकल राखिनुपर्ने, पार्किङ शुल्क घटाउनुपर्नेलगायत छन्।

त्यस्तै नगर क्षेत्रका घरहरुको अण्डरग्राउण्ड पार्किङस्थल सोही प्रयोजनमा लगाउनुपर्ने, पार्किङ एप्स निर्माण गरी सोही एप्समार्फत् ट्राफिक र पार्किङबारे जानकारी गराउनुपर्ने,पार्किङ ठेक्का दिने कार्य नियमसंगत नभएकाले अन्त्य गर्नुपर्ने, पार्किङ शुल्क उठाउँदा बालश्रमको प्रयोग तत्काल रोकिनुपर्नेलगायतका विषय समेटिएका छन्। 

संघले उद्योगी/व्यवसायीहरुसँग विभिन्न चरणमा सुझाव संकलन गरी एकमुष्ठ रुपले साझा सुझाव महानगरलाई बुझाएको हो।

बोधार्थपत्र बुझ्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बजार अनुगमन अनि जनता र व्यवसायीको हितको लागि प्रशासन सदैव तयार रहेको बताए। कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले तोकिएको क्षेत्रबाहेक अन्यत्र, बिदाको दिन र रातमा पार्किङ शुल्क उठाउने काम रोकिने बताए। 

प्रकाशित: Feb 25, 2021| 14:01 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।