बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको भविष्य अँध्यारो सुरुङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ

ओलीको भविष्य अँध्यारो सुरुङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पसिसकेको टिप्पणी गरेका छन्।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पसिसकेको टिप्पणी गरेका छन्। उनले ओली आफूले खनेको खाल्डोमा आफैं फसेको र आफ्नो खुट्टा आफैंले काटेको बताए। 

उनले भने, ‘अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ। उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्‍याे, या त राजनीतिबाट सन्न्यास लिनुपर्ने अवस्था छ। अलिकति पनि इज्जत जोगाउने हो भने नैतिकताका आधारमा राजीनामा दिँदा राम्रो हुन्छ।’

रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरे। राष्ट्रपतिले संविधानको रक्षा नगरेको उनको गुनासो छ।

‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर विष दिए पनि खाने हो त ? संविधानको धारा हेर्नुपर्छ कि पर्दैन ?’ श्रेष्ठको प्रश्न छ। 

प्रतिनिधिसभा पुन: स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई उनले स्वागत गर्दै भने, ‘सम्मानित सर्वोच्च अदालतले विवेकपूर्ण र संविधानसम्मत निर्णय दियो। हाउस डाक्ने कुरा पनि भन्यो। प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पनि आदेश दिएको छ। सभामुखलाई संसद् बोलाउन सक्ने परमादेश दिएको छ। १३ दिनभित्र संसद् बैठक बस्छ।’

नेता श्रेष्ठले अब कसरी अघि बढ्ने ? भन्ने सन्दर्भमा आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउन सुझाव दिइएको पनि सुनाए। 

कांग्रेस, नेकपाको दाहाल–नेपाल समूह र जसपा तीन दलको संयुक्त रुपमा प्रधानमन्त्रीको उम्मेद्वावारको नाम अघि बढ्छ? भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा उनले भने, ‘तीन दल हुन्छ कि कांग्रेस र नेकपामात्रै हुन्छ ? यो टुंगिएको छैन। नेकपाको आन्तरिक विभाजन जो छ, कानुनी रुपमा पूर्णता पाओस्। तर, गठबन्धनचाहिँ प्राकृतिक हुनुपर्छ।'

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै नेता श्रेष्ठले उक्त भेटमा दाहाल–नेपालले नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि उनले सुनाए। 

प्रकाशित: Feb 25, 2021| 10:33 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।