बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिरामी बोकेको जिप दुर्घटना : एकजनाको मृत्यु, चार घाइते

बिरामी बोकेको जिप दुर्घटना : एकजनाको मृत्यु, चार घाइते

 म्याग्दीको मालिका गाउँपालिका–३ बाट बिरामी बोकेर पोखरा आउँदै गरेको जिप दुर्घटनामा परेको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

पोखरा - म्याग्दीको मालिका गाउँपालिका–३ बाट बिरामी बोकेर पोखरा आउँदै गरेको जिप दुर्घटनामा परेको छ। 

दुर्घटनामा एकजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। 

मृत्यु हुनेमा मालिका गाउँपालिका–३ का ६२ वर्षीय गोविन्द रोकामगर रहेको प्रहरीले जनाएको छ। 

बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका-४, तातोपानीको फापरखेत पहिरोनजिकै बिहीबार राति करिब १० बजे ग १ ज ६७८८ नम्बरको जिप दुर्घटना भएको हो।

जिपमा पाँचजना सवार थिए। 

घाइते हुनेमा मालिका–३ का ३८ वर्षीय  खगेन्द्र रोकामगर, ३० वर्षीया रेजुना रोकामगर, २९ वर्षीय रविन्द्र रोकामगर र मालिका–१ का चालक अन्दाजी ३२ वर्षीय नरबहादुर सिउथानी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार जिप सडकको घुम्तीदेखि करिब ५० मिटर तल खोला किनारमा खसेको थियो। 

दुर्घटनामा गम्भीर घाइते स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो। 

गम्भीर घाइते गोविन्दलाई अस्पतालले मृत घोषणा गरेको हो। 

घाइते चालकको खुट्टाको गोडामा गहिरो चोट लागेकोले थप उपचारका लागि पोखरा रिफर गरिएको छ। 

अन्यको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: Feb 26, 2021| 02:49 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।