बिहीबार, भदौ १८, २०८३

बास्तोला हत्या आरोपमा एक जना थुनामा

मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा जिल्ला अदालत मोरङले बिहीबार एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। एक जना घरौटीमा छुटेका छन्। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

विराटनगर- मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा जिल्ला अदालत मोरङले बिहीबार एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। एक जना घरौटीमा छुटेका छन्। 

अदालतले घटनाका आरोपी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएकामध्ये दर्जीलाई थुनामा र राईलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार राजकुमार दाहालले जानकारी दिए। 

प्रवीणको हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ति दिएको, न्याय नपाएको तथा मृतकको मिसिलमा अर्कै व्यक्तिको फोटो राखिएको भन्दै आफन्त र परिवारका सदस्य गत आइतबारबाट आन्दोलित बनेका थिए। 

प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले ६ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो। 

प्रतिवादीमध्ये २ जना पक्राउ परे भने ४ जना फरार छन्। मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरीसमेतलाई प्रतिवादी बनाइएको छ।

फरार रहेका चारै जनासहित ६ जना यही घटनामा यसअघि पक्राउ परेका थिए। प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा उनीहरुलाई छाडिदिएको थियो। 

आफन्तको जिम्मा लगाएर छाडिएकामध्ये ४ जना अहिले फरार रहेको र खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। लामो समयदेखि प्रहरीले कर्तव्य ज्यान मुद्दामै अनुसन्धान गरिरहेको उनले बताए।

पोस्टमार्टम र भिसेरा परीक्षण रिपोर्टले हत्या भएको भन्ने देखाएको खड्काको भनाइ छ। बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो। 

प्रकाशित: Feb 25, 2021| 13:23 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।