बिहीबार, भदौ १८, २०८३

दुई ट्रक जडिबुटी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सल्यानले दुई ट्रक बहुमूल्य जडिबुटी नियन्त्रणमा लिएको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सल्यानले दुई ट्रक बहुमूल्य जडिबुटी नियन्त्रणमा लिएको छ। जाजरकोटबाट नेपालगञ्ज लैजाँदै गरेको अवस्थामा प्रहरीले सल्यानको सल्लीबजारबाट जडिबुटी नियन्त्रणमा लिएको हो। 

चलानी नम्बरमा उल्लेख गरेभन्दा बढी र फरक प्रकृतिका जडिबुटीहरु भेटिएपछि दुईवटा ट्रकसहित ठेकेदारलाई नियन्त्रणमा लिइएको सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए।

ट्रकमा पासवेत, कालिकाठको दाना, बोजोको जरा, पदमचाल, टिमुर, तेजपत्तालगायतका वहुमुल्य जडिबुटी छन्।

डिभिजन कार्यालय सल्यानको समन्वयमा प्रहरीले बिहीबार साँझ जडिबुटी नियन्त्रणमा लिएको हो। जडिबुटी बोकेका ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक, ठेकेदार रामप्रसाद चौलागाईं र सहायक ठेकेदार ममता गिरीलाई नियन्त्रणमा लिएको हो।

‘चलानी नम्बरभन्दा फरक जडिबुटी ल्याएको आधारमा ट्रकसहित ठेकेदारलाई नियन्त्रणमा लिएका छौँ’ डीएसपी थापाले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ, अहिले मुचुल्का उठाइरहेका छौँ।’

प्रकाशित: Feb 25, 2021| 13:05 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।