बिहीबार, भदौ १८, २०८३

नेकपा विवादको सुनुवाइ सकियो, निर्णय आगामी बिहीबार 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले हालेको रिटको सुनुवाइ सकिएको छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले हालेको रिटको सुनुवाइ सकिएको छ। 

सुनुवाइ आज बिहीबार सकिए पनि निर्णय भने आगामी बिहीबार अर्थात् २० फागुनमा सुनाइने भएको हो। 

कट्टेलले रिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका साथै निर्वाचन आयोगलाई विपक्षी बनाएका छन्। 

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। 

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो। त्यसविरुद्ध कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। 

उक्त उजुरीमा सुनुवाइ गर्दै २०७५ कात्तिक ९ गते आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई आधिकारिता दिएको थियो। 

त्यसविरुद्ध कट्टेल २०७५ मंसिर २१ गते रिट लिएर सर्वोच्च अदालत गएका थिए।   
 

प्रकाशित: Feb 25, 2021| 11:43 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।