बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि बनाइने

मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि बनाइने

काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं – काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको छ। 

उक्त विषयमा यसअघि सरकारले जारी गरेको नियमावली र कार्यविधिलाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको जनाएको छ।

सरकारले २०६४ मा मानव बेचबिखनविरुद्धको ऐन २०६५ मा नियमावली र २०७० मा कार्यविधि जारी गरिसकेको छ। 

सचिवस्तरीय नेतृत्वमा संघमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति गठन भएजस्तै नगरप्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने र यसमार्फत् बेचबिखन नियमन तथा नियन्त्रण प्रयासलाई अघि बढाउने कामपाको तयारी छ।

सरोकारवालासँग यस विषयमा बिहीबार कामपामा भएको छलफलमा कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव बेचबिखनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै परिवर्तित मानसिकताले सिर्जना गर्ने समस्या समाधानको बाटो खोज्नुपर्ने बताइन्। 

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गर्ने समस्या बढिरहेको उपप्रमुख खड्गीको भनाइ छ।

छलफलमा सहभागी शान्ति फाउण्डेशनका जिल्ला परियोजना अधिकृत शान्ता ढकालले बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको बताइन्। रासस

प्रकाशित: Feb 26, 2021| 03:55 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।