बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याउँदै मन्त्रालय, आज ८४ जना थप

कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याउँदै मन्त्रालय, आज ८४ जना थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) संक्रमणबाट हुनेको संख्या पुनः सच्याएको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) संक्रमणबाट हुनेको संख्या पुनः सच्याएको छ। बुधबार ६१८ जना थपिएकोमा बिहीबार फेरि ८४ जना थप गरिएको छ। 

बिहीबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको अनुसार यो थप भएको संख्या घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक हो। 

नेपाली सेनाले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्दै आएको र मन्त्रालयको मृत्यु तथ्यांकमा फरक परेपछि मन्त्रालयले छानविन समिति बनाएर तथ्यांक अध्यावधिक गरेको थियो। 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अुनसार अद्यावधिक गर्ने क्रम चलिरहेकोले मृतकको संख्या थपिन पुगेको हो। यसअघि सरकारलाई कोरोनाबाट हुने मृत्यु भएको वास्तविक संख्या लुकाउँदै आएको आरोप लागेको थियो।

प्रकाशित: Feb 25, 2021| 11:35 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।