बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकार ढल्ने वा बन्ने विषयमा परिस्थिति परिपक्व नबनेको निष्कर्ष निकालेको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकार ढल्ने वा बन्ने विषयमा परिस्थिति परिपक्व नबनेको निष्कर्ष निकालेको छ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले नेकपा कानूनीरुपमा नफुटिसकेकाले अहिले नै हातरिएर निर्णयमा पुग्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो।

सह-महामन्त्री प्रकाशशरण महतले नेकपाको विवाद कसरी अघि बढ्छ, त्यसको मूल्यांकन गरेर मात्रै कांग्रेस निर्णयमा पुग्ने छलफलको निष्कर्ष रहेको बताए। 

‘नेकपा विवाद कसरी अघि बढ्छ, त्यहीअनुसार कांग्रेसले निर्णय लिन्छ। अहिले परिस्थिति परिपक्व भइसकेको छैन भन्ने छलफलको निष्कर्ष छ,’ उनले भने। 

नेकपा एकै पार्टी रहेको र संसदीय दलको नेता केपी ओली नै रहेको अवस्थामा कुनै समूहलाई समर्थन गर्न हतारिन नहुने कांग्रेसको निष्कर्ष छ। ‘नेकपा एकै छ। ओली नै संसदीय दलको नेता छन्। नेकपा एकै रहन्छ वा दुईवटा हुन्छ। त्यो हाम्रो नियन्त्रणको कुरा होइन,’ बैठकपछि महतले उनले भने, ‘संसद् बैठक सुरु होस्, जसरी परिस्थिति अघि बढ्छ। त्यही बेला हामी निर्णय गर्छौँ।’

महतका अनुसार सभापति देउवासहितका सबै पदाधिकारी हतारमा अपरिपक्व निर्णय लिन नहुनेमा एक छन्। परिस्थितिको मूल्यांक गरेर मात्रै निर्णय लिनुपर्ने बैठकको निष्कर्ष छ।

प्रकाशित: Feb 25, 2021| 12:12 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।