अनौपचारिक कुराकानीक्रममा उनले आशन्न १४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने इच्छा व्यक्त गरेका थिए। कमजोर बनेको पार्टी जीवनलाई पुनर्जागृत गर्ने उनको इच्छा थियो।
प्रतिनिधिसभा चुनाव सकिएको तीन वर्ष बित्न लागेको छ। अर्को चुनावको टुंगो छैन। जितेका नेता सत्ता तानातानमा व्यस्त रहँदा पराजित नेता नवीन्द्रराज जोशी मतदाताको घरदैलोमा व्यस्त छन्।
लुम्बिनी प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने क्रममा रोक्का गरेको दाङको देउखुरी क्षेत्रको जग्गा रोक्कालाई आंशिक रुपमा फुकुवा गर्ने निर्णय गरेको छ।