सोमबार, भदौ १५, २०८३

खनालको प्रस्ताव : सबै संरचनालाई २०७५ जेठ २ मा फर्काऔं

एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकजुट बनाएर लैजाने हो भने २०७५ जेठ २ को अवस्थामा फर्कन प्रस्ताव गरेका छन्।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकजुट बनाएर लैजाने हो भने २०७५ जेठ २ को अवस्थामा फर्कन प्रस्ताव गरेका छन्।

नेकपा संसदीय दलको शुक्रबार बालुवाटारमा बसेको  बैठकमा सम्बोधन गर्दै नेता खनालले यस्तो प्रस्ताव गरेका हुन्। उनले त्यसपछि गरिएका सबै निर्णय अवैधानिक भएको धारणा राखे।

खनालले भने, ‘हामी सबै संरचनामा २०७५ जेठ २ मा जाऊँ। यो बीचमा गरिएका सबै निर्णय अवैधानिक छन्।’

उनले पार्टी कमिटीलाई विधान अनुसार अगाडि बढाउन पनि आग्रह गरेका छन्। दलको विधान पनि नयाँ संविधानअनुसार संशाेधन गर्नुपर्ने प्रस्ताव खनालले राखेका छन्। 

नेता खनाल आफ्नो भनाइ राखेर बैठकबाट बाहिरिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल सहभागी छैनन्।  

नेपाल समूहबाट अर्का वरिष्ठ नेता खनालको नेतृत्वमा सांसदहरु बालुवाटार गएका हुन्। 

नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुरा राख्ने निर्णय गरेको थियो। 

बैठकले पार्टीभित्रै बसेर पार्टीलाई शुद्ध, गतिशील तथा विधि र पद्धतिमा चलाउन दबाब दिने निर्णय गरेपछि सोहीअनुसार सांसदहरु ओलीले डाकेको बैठकमा सहभागी भएका हुन्। 

प्रकाशित: Mar 26, 2021| 10:22 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।