सोमबार, भदौ १५, २०८३

घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अचानक वायु प्रदुषण बढेको भन्दै घरबाहिर ननिस्कन अपिल गरेको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अचानक वायु प्रदुषण बढेको भन्दै घरबाहिर ननिस्कन अपिल गरेको छ।

अहिलेको वायु प्रदुषणले श्वासप्रश्वासमा कठिनाइलगयातका विभिन्न समस्याहरु देखा पर्ने भन्दै मर्निङकमासमेत ननिस्किन मन्त्रालयले आग्रह गरेको छ।

शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ, ‘घरबाहिर ननिस्कौँ, घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ, बालबालिका, दीर्घ रोगी, जेष्ठ नागरिकहरुको विशेष ख्याल राखौँ।’

यस्तै मन्त्रालयले फोहोरको उचित व्यवस्थपन गर्न, नजलाउन र कसैले फोहोर जलाउने काम गरेको छ भने उनीहरुलाई निरुत्साहित गर्न आग्रह पनि गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक नभई सवारी साधानहरु नचलाउनसमेत आग्रह गरिएको छ।

प्रकाशित: Mar 26, 2021| 13:35 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।