सोमबार, भदौ १५, २०८३

भीमदत्त नगरपालिका–५ का वडाध्यक्षको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

'घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो', जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, 'उपचारका क्रममा राति मृत्यु भयो।'

उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुनेसमेत बताए। शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

'वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएको भनिएको छ', थापाले भने। रासस

प्रकाशित: Mar 27, 2021| 01:42 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।