सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता जोशीको अन्त्येष्टि शनिबार, कांग्रेसले बोलायो आकस्मिक बैठक

कांग्रेस नेता जोशीको अन्त्येष्टि शनिबार, कांग्रेसले बोलायो आकस्मिक बैठक

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ। मस्तिष्क घात भएपछि फागुन १४ गते नर्भिक अस्पतालमा भर्ना भएका जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो।  

केन्द्रीय सदस्य जोशीको निधनपछि कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। उनको शव अन्तिम श्रद्धान्जलीका लागि शनिबार बिहान १० बजेदेखि १ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। 

जोशीको निधन भएपछि देशले एक असल नेता गुमाएको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ। जोशी आवद्ध पार्टी कांग्रेसका नेताहरुमात्रै नभई अन्य पार्टीका नेताकार्यकर्ता तथा सर्वसाधारणले पनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

कसले के भने ?

शेरबहादुर देउवा– नेपाली कांग्रेसका नेता, कुशल संगठक एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु। जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

विमलेन्द्र निधी– एक महिनाअघि मष्तिष्कघात भई अस्पतालको शय्यामा जीवनका लागि सङ्घर्ष गरिरहनुभएका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री नवीन्द्रराज जोशीको आत्माले अन्ततः  भौतिक देह त्याग गरेको छ। विद्यार्थी छँदादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिनुभएका जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति हो। जोशीजीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवार, आफन्तजन, सुभेच्छुक सबैमा हार्दिक समवेदना प्रकट गर्दछु। 

प्रकाशमान सिंह– दुखद समाचार। हामी सबैको प्रिय नवीन्द्र यो संसारमा रहेन। यो अप्रिय खबर कसरी सुनाउँ र पनि, अलबिदा नवीन्द्र, हार्दिक श्रद्धाञ्जली। 

विश्वप्रकाश शर्मा– उहाँको मृत्यु भएको छैन, फेरि पनि लेख्न मन छ यो खबर झुठो हो। तर लेख्नु परेको छ अलबिदा नवीन्द्र दाइ। तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा। देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ। 

गगन थापा– अत्यन्त मर्माहत भएको छु। नवीन्द्र दाइ हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन। पार्टी संगठनका, विचार अनि विकासका थुप्रै कुरा सिक्न र सँगै काम गर्न बाँकी थियो। हामीले एक समन्वयकारी, सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं। हार्दिक श्रद्धाञ्जली नवीन्द्र दाइ

प्रदीप पौडेल– दाइसँगको प्रेम र सम्वन्ध असीम थियो  हरेक पल दाइको चासो गरिरहेका थियौं, कामना गरिरहेका थियौं। तर, आज दाइको निधनको खबरले मर्माहत बनाएको छ। दाइले देखाउनुभएको बाटो र साहसको सधैं मूल्यांकन गर्नेछौं। अलविदा नवीन्द्र दाइ। भावपूर्ण श्रद्धान्जली ।

प्रकाशित: Mar 26, 2021| 17:07 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।