सुर्खेत- भोलि (शनिबार) कर्णालीका चार जिल्लामा विद्युत अवरुद्ध हुने भएको छ।
सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लामा भोलि बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पूर्णरुपमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ।
अत्तरिया ग्रिड शाखाले कोहलपुर १३२ केभीए सवस्टेशनको ३३ केभी साइडको ट्रान्सफर्मरदेखि बसबारसम्मको कन्डक्टरहरु बदली (अपग्रेड) गर्नुपर्ने भएका कारण विद्युत अवरुद्ध हुने सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिए।