सोमबार, भदौ १५, २०८३

प्रदेश १ का नवनियुक्त मन्त्रीले लिए शपथ

प्रदेश १ मन्त्रिपरिषद् पुनर्गठन भएसँगै नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराइएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

विराटनगर– प्रदेश १ मन्त्रिपरिषद् पुनर्गठन भएसँगै नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराइएको छ।

माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङसहित उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले र राजकुमार ओझाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सामाजिक विकास मन्त्रालयमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाएका छन्। 

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले शपथ गराएका थिए। 

कला घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनीहरुलाई मु्ख्यमन्त्री शेरधन राईले शपथ गराएका हुन्। 

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले मन्त्रालयमा पुगेर शुक्रबार नै पदभार ग्रहण गरेका छन्।

यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको थियो। 

सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गरेका थिए।
 

प्रकाशित: Mar 26, 2021| 12:09 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।