सोमबार, भदौ १५, २०८३

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ।

आज शुक्रबार राति साढे ८ बजे उनको निधन भएको दाजु राजुराज जोेशीले जानकारी दिए।

जोशी पछिल्लो महिना मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचाररत थिए।

नवीन्द्रराज जोशी विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका हुन्। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला उपाध्यक्षबाट राजनीति सुरु गरेका जोशी १६ वर्षकै उमेरमा केन्द्रीय सदस्य बनेका थिए। २०३६ सालमा उनी नेविसंघको केन्द्रीय सदस्य भएका थिए। पञ्चायतकालमा बहुदल र लोकतान्त्रिक व्यवस्थाका निम्ति संघर्षमा होमिएका जोशी नेविसंघको महामन्त्री बनेका थिए।

२०४८ सालको बुटवलमा भएको महाधिवेशनमा उनी नेविसंघको अध्यक्षमा पराजित भएका थिए। त्यही पराजयसँगै उनी पार्टी राजनीतिमा होमिए।

गणेशमान सिंहको छत्रछायामा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए। उपमेयर हुँदा जोशीले आफ्नो पहलमा महानगरको खुलामञ्च खाली गराउन सफल भएका थिए। उनी कार्यवाहक मेयर हुँदा नै काठमाडौं महानगरपालिका घोषणा भएको थियो।

२०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष (राज्यमन्त्री सरह) भएका जोशीले त्यसैबखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गरेका थिए। 

जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोलेर गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए। गणेशमान सिंहका अनुयायी जोशी २०६४ र ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट संविधानसभा सदस्यमा निर्वाचित बनेका थिए। 

दोस्रो संविधानसभामा संविधान जारी भएसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारको उद्योगमन्त्री बनेका थिए उनी। उद्योगमन्त्री हुँदा उनले अबको यात्रा आर्थिक समृद्धि भएको भन्दै २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेका थिए।

९ महिने छोटो कार्यकालमा १० वर्ष अघिदेखि बन्द उद्योग नेपाल औषधि लिमिटेडलाई सञ्चालन गर्न सफल भएका थिए। विद्यार्थी राजनीतिबाट खारिएर आएका जोशी कांग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

उद्योगमन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए। उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो।

प्रकाशित: Mar 26, 2021| 15:07 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।