गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भएको समेत आरोप लगाएका थिए।
नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा अधिवेशन आफ्नो पक्षलाई मान्य नहुने बताएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी पौडेल पक्षले यस्तो बताएको हो।
नेपाली कांग्रेसमा १४ ओं महाधिवेशनको सरगर्मीले मुलुकको राजनीतिलाई चलायमान बनाइरहेको छ। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासँगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्।
नेकपा (एमाले)ले संसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज (सोमबार) हुँदैछ।