काठमाडौं– सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आजै रातिदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
गत भदौ २३ गते सुरू भएको अधिवेशन नेकपा एमालेको अवरोधका कारण राम्रोसँग चल्न सकेको थिएन। यद्यपि, एमालेको अवरोधकै बीच सभामुखले बैठक सञ्चालन गरेका थिए। एमाले सांसदहरुको नाराबाजीकै बीच बजेट पनि पारित भएको थियो।
प्रतिनिधिसभाको बैठक आज पनि बसेको थियो र अर्को बैठक कात्तिक २९ गतेका लागि बोलाइएको थियो।