शुक्रबार, भदौ ५, २०८३

कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव

निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबारको बैठकले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । 

निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ। कात्तिक ३० गते बाँकी रहेका पालिकामा अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन,  मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन, मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका हुन्। 

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो।

पार्टीले निर्णय गरेपछि कार्यतालिका प्रकाशन गर्ने समितिको तयारी रहेको ती सदस्यले नेपाल समयलाई बताए। 

कांग्रेसले १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन गरिसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्मको अधिवेशन भइसकेको छ। बाँकीमध्ये १३ जिल्लामा वडा अधिवेशन भएको छैन।

प्रकाशित: Oct 27, 2021| 19:44 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...