शुक्रबार, भदौ ५, २०८३

बागमतीकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

'हामी राजनीतिलाई संस्कारयुक्त बनाऔँ भनेर यो बागमती प्रदेशमा नेपालको संविधानको भावना धारा ६९ को एक क मा भएको व्यवस्था अनुसार मार्गप्रशस्त गरेकी छु,' उनले भनिन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

हेटौँडा- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्।  बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। 

'राजनीतिलाई संस्कारयुक्त बनाऔँ भनेर नेपालको संविधानको भावना धारा १६९ को १ (क) मा भएको व्यवस्था अनुसार मार्गप्रशस्त गरेकी छु,' उनले भनिन्। संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा मुख्यमन्त्रीको पद रिक्त हुने व्यवस्था छ। 

अल्पमतमा रहेकी शाक्यले विश्वासको मत नपाउने निश्चित भएसँगै प्रदेश सभाको बैठकमार्फत् राजीनामाको घोषणा गरेकी हुन्। मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन्।मुख्यमन्त्री भएको ७२ दिनमा उनले पदबाट राजीनामा दिएकी हुन्। 

यसअघि मुख्यमन्त्री शाक्यले मन्त्री तथा सांसदहरुसँग मतविभाजनको प्रक्रियामा अगाडि बढ्ने वा राजीनामा दिएर मार्गप्रशस्त गर्ने विषयमा आन्तरिक छलफल गरेकी थिइन्। पूर्वमुख्यमन्त्री डोरमणि पौडेल निकट सांसदहरुले प्रक्रिया अगाडि बढ्नुपर्ने बताए पनि शाक्य निकट सांसदले राजीनामा दिन सुझाएका थिए। सोही सुझाव बमोजिम उनले राजीनामा दिएकी हुन्। 

एमाले विभाजित भएसँगै उनले विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता थियो। एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्। 

एमालेसँग ४३ मत मात्र छ। १०९ सांसद रहेको प्रदेशमा शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने थियो। तर विश्वासको मत नपाउने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएकी हुन्।

प्रकाशित: Oct 27, 2021| 14:25 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...